काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ७ हजार ८२९ पीसीआर र दुई हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ पुगेको छ। हाल नेपालमा ७ हजार २८७ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३०२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ७२२ पुगेको छ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ। ९८ जना क्वारेन्टिनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।