काठमाडौं- क्यानेडियन र्यापर ड्रेकले विश्व प्रतिष्ठित ‘ग्रामी अवार्ड’मा छानिएका आफ्ना गीतलाई सूचीबाटै हटाउन अनुरोध गरेका छन्। ‘वे टु सेक्सी’ गीत र ‘सर्टिफाइड लभर बोय’ एल्बमका लागि अवार्डमा छानिएका ड्रेकले आफ्ना दुवै नोमिनेसनलाई हटाउन अनुरोध गरेका छन्।
ड्रेकले ग्रामी वितरक ‘रेकर्डिङ एकेडेमी’लाई २०२२ का लागि छानिएका आफ्ना दुवै सिर्जना हटाउन भनेका हुन्। एकेडेमीले ड्रेक र उनको कम्पनीले अवार्डका लागि छनोटमा परेको सूचीबाट एल्बम र गीत दुवैलाई हटाउन भनेको थियो। हाल भने ग्रामीका लागि छनोटमा परेकाहरुको सूचीमा ड्रेकको नाम हटाइएको छ। अवार्ड आयोजकले उनको नामलाई सम्पादन गरिएको सूचीमा मात्रै समेटेको छ।
हालसम्म ड्रेकले किन उनको नोमिनेसन हटाउन लगाए भन्ने खुलेको छैन। चार पटकसम्म ग्रामी पाइसकेका ड्रेकले गत वर्ष अवार्ड वितरक एकेडेमीप्रति दिएको अभिव्यक्तिका कारण यो वर्षको अवार्ड लिन अस्वीकार गरेको हुनसक्ने धेरैले अनुमान गरेका छन्। उनले २०२१ का लागि ग्रामीमा छानिएकाहरुको सूची सार्वजनिक हुँदा आफ्नो इन्स्टाग्राममार्फत् अवार्डहरु प्रभावहीन हुने टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।