काठमाडौं- संस्थापन इतरका युवा नेताहरुले सभापतिका चारै जना आकांक्षीलाई छुट्टाछुट्टै भेट्ने भएका छन्।
सभापतिको उम्मेदवार बन्न दाबी गरिरहेका इतर पक्षका चार नेतालाई उनीहरुल बिहीबार छुट्टाछुट्टै भेट्ने भएका हुन्।
त्यसअघि युवा नेताहरुले सभापति उम्मेदवार छनोटमा विकल्पसहितको दबाब सिर्जनाका लागि छलफल गरेका छन्।
यसअघि बुधबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको इतरपक्षका नेताहरुको बैठकले बिहीबार साझा उम्मेदवार तय गर्ने जनाएको थियो।
नेता गुरुराज घिमिरेले आकांक्षी बाहेकका युवा नेताहरुले विकल्पसहितको प्रस्ताव तयार गर्ने र त्यसबारे उनीहरुसँग छलफल गर्ने जनाएका थिए।
इतरपक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी रहेका छन्। शशांकले भने मिल्ने हुँदा आफू सभापतिको दौडबाट बाहिरिएको जनाइसकेका छन्। नेताहरुले अडान नछाड्दा साझा उम्मेदवार चयन गर्न सकस परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।