काठमाडौं- नेपाली कांग्रेसले १४ औं महाधिवेशन उद्घाटनका अघिल्लो दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
बैठकमा सहमहामन्त्री थप गर्नेबारे प्रस्ताव आउन सक्ने सभापति शेरबहादुर देउवा निकट नेताहरुले बताएका छन्।
पदाधिकारीमा आकांक्षीहरु धेरै भएको र नेताहरुको पद व्यवस्थापन गर्नका लागि सहमहामन्त्रीमा कम्तिमा दुई जना थप गरेनबारे प्रस्ताव आउन सक्ने नेताहरुले बताएका छन्।
'पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव केन्द्रीय समितिको आजको बैठकमाआउन सक्छ। शीर्ष नेताहरु बीचमा कुरा हुन् पाएको त छैन। तर, प्रस्ताव आउनसक्छ' देउवा पक्षीय एक नेताले भने।
त
र संस्थापन इतरपक्षले भने सभापतिबाट त्यस्तो प्रस्ताव आए प्रतिवाद गरिने जनाएको छ।
'केन्द्रीय समितिमा उक्त प्रस्ताव आए, प्रतिवाद गरिन्छ' इतरपक्षका नेता अर्जुन नरसिंह केसीले भने।
कांग्रेसमा आठ जना सहमहामन्त्रीको व्यवस्था रहेको भएपनि खुलातर्फ एक जना पनि नभएकाले दुई जना खुलातर्फ सहमहामन्त्री थप गर्न प्रस्ताव गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।