काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अन्तिम अवस्थामा विधान संशोधन गर्न खोज्ने संस्थापन पक्षको तयारी मान्य नहुने टिप्पणी गरेका छन्।
आज बस्ने केन्द्रीय समितिको बैठकबाट विधान परिर्वतन गर्ने संस्थापनको तयारी रहेको भन्दै उनले यसमा आफूहरु सहमत नभएको बताए। यो कार्य अराजकताको पराकाष्टा भएको भन्दै उनले यसको अजेण्डासमेत नपाएकाले सहमत हुन नसक्ने दाबी गरे।
आज कुनै पनि अवस्थामा संस्थापनइतरबाट साझा उम्मेदवार तय गर्नुपर्ने उनले बताए। भोलि महाधिवेशन सुरु हुने भएकाले आजै उम्मेदवार टुंगो लगाउन नसके अन्योल सिर्जना गर्ने उनको भनाइ छ।
समग्र रुपमा एक भएर अगागि बढ्नेबारे कुराकानी भइरहेको उनले बताए । ‘पार्टीभित्र पुस्तान्तरण र जागरण आउने गरी टिम बनाउँछौं,’ उनले भने, ‘हामी साझा उम्मेदवार तय गर्न सफल हुन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।