काठमाडौं- संस्थापन इतरबाट सभापति उम्मेदवारका आकांक्षी प्रकाशमान सिंहलाई मनाउन तीन जना नेता चाक्सीबारीस्थित उनको निवास पुगेका छन्।
बिहीबार बिहान बसेको संस्थापन इतरका केन्द्रीय सदस्यहको बैठकको सामूहिक निर्णयमा प्रकाशमानलाई सहमत गराउनका लागि मनाउन नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य र बल बहादुर केसी चक्सीबारी पुगेका हुन्।
इतरपक्षको केन्द्रीय सदस्य बैठक बसेपछि बैठकको म्यान्डेट अनुसार उनीहरूलाई प्रकाशमान भेट्न गएका हुन्। नेताहरुले सबै आकांक्षीलाई छुट्टाछुट्टै भेट्ने तयारी छ।
संस्थापन इतरले आज साझा उम्मेदवार चयन गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।