काठमाडौं– नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापति उम्मेदवारको रुपमा प्रचार सुरु गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा महाधिवेसन प्रतिनिधिलाई झोलासहित प्रचार सामाग्री सवतरण गर्दै उनले प्रचार गरेका हुन्।
उनले वितरण गरेको सामग्रीमा सभापतिमा आफूले किन उम्मेदवारी दिन लागेको भन्ने विषय उल्लेख गरेका छन्।
शुक्रबारदेखि सुरु हुने महाधिवेशनमा सभापतिमा उठ्ने भन्दै निधिले यसअघि ने उम्मेदवारी घोषणा गरिसकेका छन्।
यसअघि देउवानिकट रहेका निधिले यसपटक सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।