काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्।
बिहीबार विहान साढे ११ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठक एक बजे मात्रै सुरु हुन लागेको हो।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ढिलागरी बैठकमा सहभागी भएका छन्। देउवाले विधान संशोधन गरेर सहमाहमन्त्री थप्न लागेपछि नेता पौडेलले देउवालाई सन्देश पठाएर आफू अनुपस्थित हुने जानकारी गराएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलमार्फत् महाधिवेशनको एक दिन अघि विधान चलाउन खोजिएको भन्दै त्यसमा आफ्नो असहमति जनाएका पौडेलले सोही कारण बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।