काठमाडौं– नेपाली कांग्रेसको अन्तिम केन्द्रीय कार्यसमिति बैठकमा नेता प्रकाशमान सिंह अनुपस्थित भएका छन्।
बैठक अहिले केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। कांग्रेसको भोलि महाधिवेशन उद्घाटन हुँदै छ। त्यसअघि सहमहान्त्री थप गर्न लागिएको भन्दै पौडेलले असन्तुष्टि जनाएका हुन्।
आजको बैठकबाट विधान संशोधन गरेर सहमहामन्त्रीका दुई पद थप्ने तयारी गरिएपछि यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा सहभागी नहुने जानकारी गराएका थिए।
सिंहले कांग्रेस सभापतिमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले पार्टी सहमहामन्त्री थप गर्ने प्रस्ताव लैजाने तयारी गरेका छन्। संस्थापन इतरपक्षले भने सभापतिबाट त्यस्तो प्रस्ताव आए प्रतिवाद गर्ने तयारी गरेको छ।
कांग्रेसमा आठ जना सहमहामन्त्रीको व्यवस्था रहेको भएपनि खुलातर्फ एक जना पनि नभएकाले दुई जना खुलातर्फ सहमहामन्त्री थप गर्न प्रस्ताव गर्ने तयारी देउवाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।