काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्यामा बृद्धि गरेको छ। यसअघि सात जना रहने भनिएको भए पनि अब ९ जना रहने निर्णय गरिएको हो।
‘प्रदेश पदाधिकारीमा अध्यक्ष- १, उपाध्यक्ष- ३, सचिव- १ र सहसचिव- ३ र कोषाध्यक्ष- १ जना रहनेछन्’, स्थायी कमिटीको बिहीबारको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने।
त्यस्तै, प्रदेश समितिमा रहने सदस्यको संख्या पनि बढाइएको छ। जसमा न्यूनतम आधार संख्या १७५ मानिएको छ। र प्रदेश र संघीय निर्वाचन क्षेत्रलाई आधार मानिएको छ।
कुन प्रदेश समितिमा कति सदस्य?
प्रदेश १- १७५ र ८४ गरी २५९
प्रदेश २- १७५ र ९६ गरी २७१
बागमति प्रदेश- १७५ र ९९ गरी २७४ हुने भए पनि बिजोर अंक राख्न २७५ कायम गरिएको।
गण्डकी प्रदेश- १७५ र ५४ गरी २२९
लुम्बिनी प्रदेश- १७५ र ७८ गरी २५३
कर्णाली प्रदेश- १७५ र ३६ गरी २११
सुदूरपश्चिम प्रदेश- १७५ र ४८ गरी २२३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।