काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संकटका बेलामा साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
बिहीबार आफूपक्षीय भेलामा नेता सिटौलाले पार्टीमा आफूसँग रहेका नेताहरुलाई स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
उनले आज प्यानल घोषणा गर्ने भनिएको भएपनि मनोनयन हुनु अघि मात्रै आफ्नाबारेमा बोल्ने बताए। ‘चुनावमा नोमिनेशन अघि मात्र म कुरा राख्ने छु ’ उनले भने, ‘साथीहरुलाई बलियो बनाउन सकेमात्र म बलियो हुन्छु ।’
सिटौलाले आफू रहेको स्थानमा कांग्रेस हुने तर्क गरे। उनले कांग्रेसलाई भरोसा र विश्वासको पार्टी बनाउन आफू जे गर्न पनि तयार रहेको बताए।
‘कसैले कसैलाई छलछाम नगरौं । सबैको विश्वास र माया गाँसेर जान म चाहन्छु ’ उनले भने ‘आफू जुनसुकै परिस्थितिमा उभिन तयार रहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।