काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशमा महामन्त्रीको लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो लागि महामन्त्रीभन्दा पनि महत्त्वपूर्ण कुरा जनताको जीवनको बदलाव भएको बताएका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा अवधारणापत्र सार्वजनिक गर्न उभिएका उनले जनताको जीवनमा बदलाव ल्याउन सहज होस् भनेर आफू महामन्त्रीको उम्मेदवार भएको बताए।
‘म महामन्त्री हुन्छु वा हुन्न थाहा छैन। मेरो राजनीतिक यात्रा कहाँ गएर टुंगिन्छ थाहा छैन। अब १०/१५ वर्ष काम गर्छु’, थापाले भने, ‘त्यतिबेला मेरा छोरीहरुलाई लिएर काठमाडौंमा घुम्दै गर्दा मायाले जय नेपाल भनिदिए पुग्छ। त्यहाँ मेरो भूतपूर्व पदमा होइन, माया र सम्मान होस्।‘
थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रुपान्तरणको लागि आफ्नो अवधारणापत्र सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेका हुन्। उनले भदौमै एउटा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।