काठमाडौं– किरण भुजेल र मेलिना मैनालीको स्वरमा सजिएको गीत ‘तिमीलाई नै’ सार्वजनिक भएको छ। इनाक्षी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो।
घनबहादुर थापाको शब्दमा रहेको गीतमा संगीत दिपकराज विश्वकर्माले दिएका छन्। विश्वकर्माकै निर्देशनमा बनेको गीतको भिडियोमा किरण र मेलिनाले नै अभिनय गरेका छन्।
युवायुवतीले प्रेम सम्बन्ध र दम्पतीले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गीतमा गरिएको छ। प्रेमिल भावको गीतको भिडियोमा किरण र मेलिना एकअर्कासँग प्रेमिल भावभंगीमा देखिएका छन्।
भिडियोमा केशबराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको श्रङ्गार र अमन बडुको छायाङ्कन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।