काठमाडौं– नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने दोहोर्याएका छन्। सहमतिका लागि छलफल गर्न भन्दै सिंह निवास चाक्सीबारी पुगेका नेताद्वय मिनेन्द्र रिजाल र महेश आचार्यसँगको भेटमा उनले आफू पछि नहट्ने बताएका हुन्।
संस्थापनइतरबाट आफ्नै नाममा सहमति हुनुपर्ने उनको अडान छ। ‘संस्थापनइतरबाट सभापतिको एकल उम्मेदवारमा मेरो नाममा सहमति खोजौं,’ उनले भने, ‘अरुलाई मैले छाड्दिनँ। अरु उठे पनि म उठ्छु।’
उनले न्यायसंगत रुपमा हुने सहमतिमा आफू तयार रहेको पनि बताए। संस्थापन इतर पक्षमा रहेका नेताहरुबीच साझा उम्मेदवार तय गर्ने विषयमा पटक–पटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।