काठमाडौं– नेपाली कांग्रेस संस्थपन इतरका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका छन्। नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाललगायत नेताहरु पौडेल निवास बोहराटार पुगेको एक नेताले बताए।
संस्थापन इतरबाट पार्टी सभापतिको साझा उम्मेदवार तय गर्न नसकेपछि पौडेललाई भेट्न बोहराटार गएका हुन्।
संस्थापन इतरबाट सभापतिमा चारै जनाले सभापतिको आकांक्षा राखेपछि साझा सभापति उम्मेदवार तय गर्न नसकेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।