काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उपस्थित हुन आनाकानी गरेका छन्।
पौडेल महाधिवेशन उद्घाटन समारोहमा उपस्थित हुन अनिच्छुक भएपछि उनलाई मनाउन नेताहरु बोहराटार पुगेका छन्।
नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य र मीनेन्द्र रिजाल पौडेल निवास बोहराटार पुगेका हुन्। ‘रामचन्द्र पौडेल दाईले उद्घाटन समारोहमा उपस्थित हुन्न भनेपछि उहाँलाई सम्झाउन नेताहरु बोहराटार जानु भएको छ’ एक नेताले भने,‘उहाँलाई जसरीपनि महाधिवेशन उद्घाटनमा सहभागी गराउनु पर्छ भन्ने छ।’
कांग्रेसको महाधिवेशन आज दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।