काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन्।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका नेता कार्कीले आगामी दिनमा पार्टीलाई अझ सशक्त र लोकप्रिय शक्ति बनाउने अभियानमा जुटेको बताए।
नेता कार्कीले सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको बताउँदै उनले पार्टीका नीति र विचारलाई जनतामाझ लैजाने प्रतिबद्धता व्यक्त गरे।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। विभिन्न नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।