काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन स्थलमा पुगेका छन्।
प्रमुख राजनीतिक दलका लगभग सबै नेता पुगिसकेपछि ओली महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डप पुगेका हुन्।
सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर यसअघि नै महाधिवेशनस्थल पुगिसकेका छन्।
कांग्रेसको महाधिवेशनस्थलमा भारतीय नेताहरु पनि पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।