काठमाडौं– प्रमुख कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु लामो समयपछि शुक्रबार एउटै मञ्चमा देखिएका छन्।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष रहेका केपी शर्मा ओली तथा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनका बेला एउटै मञ्चमा देखिएका हुन्।
नेकपा विभाजित भएपछि अहिले ओलीले एमाले, प्रचण्डले माओवादी केन्द्र र नेपालले नेकपा एकीकृत समाजवादीको नेतृत्व गरिरहेका छन्।
ओली र प्रचण्डबीच गत पुस ५ गतेपछि भेटघाट समेत भएको थिएन्।
शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुग्दा ओलीले मञ्चमा चढ्ने क्रममा मञ्चमा आशीन सबैलाई नमस्कार गरेका थिए। प्रचण्ड र नेपालले बसेरै नमस्कार फर्काएका थिए।
अरु शीर्ष नेताभन्दा ढिला कार्यक्रममा पुगेका ओलीका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बसिरहेको सिट खालि गरेर आशन बनाइएको थियो।
वरिष्ठ नेता पौडेलले ओलीका लागि आफू बसेको कुर्सी छाडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।