काठमाडौं– भारतीय कांग्रेसका नेता मुकुल बास्निकले नेपाल र भारतबीच सुमधुर सम्बन्धलाई कायम राख्न आफ्नो पार्टीले भूमिका खेल्ने बताएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै भारतीय कांग्रेसका नेता बास्निकले नेपाल र भारतका बीचमा रहेको सदियौंसम्म निरन्तर रहने र त्यसका लागि आफ्नो पार्टीले भूमिका खेल्ने बताए।
उनले भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी आफैं नेपाली कांग्रेसको महाधिवेशन आउन चाहेको, तर लोकसभाको अधिवेशन सुरु भएका कारण आउन नपाएको दु:खी भएको सुनाए।
‘मलाई यहाँ बोल्न पाउँदा गौरव महसुस भएको छ। लोकतन्त्रिक दलको महाधिवेशनमा बोल्न पाउँदा मलाई धेरै खुसी लागेको छ,’ उनले भने ‘शान्ति प्रक्रियाको समाधान र मल्टीपार्टी व्यवस्था र संघिय शासन व्यवस्थाप्रति पनि सम्मान रहेको छ।’
उनले नेपाल र भारतका बीचमा सम्बन्ध सदियौंसम्म कायम रहिरहने र दुई पार्टीका बीचमा पनि सुमधुर सम्बन्ध रहने उनले आशा व्यक्त गरे।
नेपाल र भारतका बीचमा शान्तिपूर्ण वातावरण र सम्बन्ध सदा कायम रहने तथा नेपाल सबल भएको हेर्ने भारतको चाहना भएको पनि उनले बताए।
उनले सीमा, पूर्वाधार विकास, कनेक्टिभिटी लगायतका विषयमा भारत नेपालसँग मिलेर काम गर्न चाहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।