काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको उम्मेदवारीलाई समर्थन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेश सभा सदस्य दिव्येश्वरी शाहले पदाधिकारी पदमा उम्मेदवारी दिने भएका छन्।
निधिको प्यालनबाट उम्मेदवारी दिने भए पनि कुन पदमा भन्नेबारे छिट्टै निर्णय गर्ने बताइएको छ। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूर्व महामन्त्री पनि हुन्। २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्व स्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन्।
यसैगरी, कैलालीकी शाह २०४७ को मदिरा विरोधी आन्दोलनका अभियान्त हुन्। शाह २०१५ सालको संसदका सदस्य लोकेन्द्र शाहकी छोरी हुन् भने नेपाली कांग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाहका दिदी हुन्। उनी नेपाल महिला संघ कैलालीका संस्थापक अध्यक्षसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।