काठमाडौं– नेकपा मालेका महासचिव सिपी मैनालीले संघीयताले देश अप्ठ्यारोमा परेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मैनालीले संघीयताका कारण देश अप्ठेरोमा परेको टिप्पणी गरेका हुन्।
मैनालीले संघीयताले धेरै खर्च बढाएको बताए।
नेता मैनालीले नेपालले विदेशी असंलग्नताको नीति थप परिमार्जित गर्नुपरेको बताए। ‘लोकतन्त्रको लागि लड्दै आएको कांग्रेसको ध्यान असंलग्न राष्ट्रतिर जाओस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।