काडमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजतन्त्रको पुनरागमन हुनै नसक्ने बताएका छन्।
कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले संकेत राम्रो देखिएको छैन। कालो बादल मडारिन खोजेको देखेको छु।’
नेपाल न्दा पहिले बोलेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्रको कुरा उठाएका थिए। लिङ्देनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भने, ‘प्रतिगामीले शीर उठाउने प्रयास नगरोस्। राजाले पनि नयाँ पार्टी खोले हुन्छ। व्यापार गरे हुन्छ।’
नेता नेपालले राजनीतिक दलहरुले नै राष्ट्रियताको सुरक्षा गर्न सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।