काठमाडौं- राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगाडि नेपाली कांग्रेससँग प्रतिगमनविरुद्ध लड्न गठबन्धन गरेको बताएकी छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध पाँचदलीय गठबन्धन बनेको थियो। उक्त विघटनलाई पाँच दलले प्रतिगमन भनेका थिए।
कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिँदै पौडेलले भनिन्, 'प्रतिगमनविरुद्ध हामीले नेपाली कांग्रेससँग सहकार्य गर्दै गठबन्धन बनायौं। अहिले पनि प्रतिगमनका अवरोध आइरहेका छन्। हामी एक भएर अगाडि बढ्नुपर्नेछ।' उनले महत्वपूर्ण समयमा भएको महाधिवेशनलाइ राष्ट्रिय राजनीतिलाई सही प्रकारको निकास दिने नेतृत्व छान्ने अपेक्षा गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।