काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुभकामना दिन मञ्चमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सम्झना गरेका छन्।
कांग्रेसका पूर्व सभापति कोइरालाले विस्तृत शान्ति सम्झौतामा गरेको योगदानको उनले स्मरण गरे र शान्ति मार्गमा अहिले पनि हिँडिरहेको बताए।
‘विस्तृत शान्ति सम्झौतामा मैले र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेर कुरा अहिले म यहाँ सम्झिरहेको छु ’ उनले भने ‘त्यही सम्झौताले यहाँसम्म आएको छ। हाम्रो उक्त सम्झौताको मुल लक्ष्य शान्ति र लोकतन्त्र थियो ।’
लोकतान्त्रिक गन्तब्यबाट नेपाली कांग्रेस विचलित हुन नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।