काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमा भर्खर भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको टिप्पणी गरेका छन्।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै ओलीले नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन भन्ने सोच बोकेर हिँडेको भन्दै लिङदेनको आलोचना गरे।
कांग्रेसकै उद्घाटन सभालाई सम्बोधन गर्दै लिङ्देनले नेताहरु गाउँ जाँदा जनताले 'कुन चाहिँ चोर आयो' भनेर भन्ने गरेको बताएका थिए।
उक्त अभिव्यक्तिको जवाफ दिँदै ओलीले लिङ्देनमा भर्खर भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको बताए।
'नागरिकबाट कोही नेता उत्पन्न हुनसक्दैन। हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने?' ओलीले भने, 'हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई। भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ। भर्खर भर्खर सभापति भएको अलि बढी रापताप होला। अलि समयमा ठिकमा आउलान् भन्ने मलाई लाग्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।