काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेताका बानीव्यहोरा, कार्यशैली र निर्णय प्रक्रियासँग जनताको गुनासो रहेको बताएका छन्।
कांग्रेसको १४ औं महाधिवेशनबाट आफैंमा रुपान्तरण जरुरी रहेको उनले बताए। महाधिवेशनले नयाँ संकल्पसहित नयाँ अभियानको उद्घोष हुनुपर्नेमा उनको जोड छ।
एकता, दृढता र समर्पण बोकेर आउँदो चुनाव पार्टी होमिनुपर्ने उनले बताए। ‘पार्टीको सिंगो एकताको संकल्प लिएर जानु छ। सबैभन्दा ठूला दल बनाउनु छ। संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।