काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौला पक्षले १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षसँग 'अलायन्स' गर्ने भएको छ।
१३औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला यसपटक पदाधिकारीमा २ वटा उम्मेदवारी सुनिश्चित गरेर संस्थापन पक्षसँग गठबन्धन गर्ने भएका हुन्।
देउवासँग गठबन्धन गर्दा पदाधिकारीमा २ वटा पद महामन्त्री र सहमहामन्त्री पाउने सहमति भएको सिटौला पक्षीय विद्यार्थी नेताबलदेव तिमिल्सिनाले जानकारी दिए।
सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरी अगाडि बढाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।