काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू १४औं महाधिवेशनमा सभापतिको 'दौड'बाट बाहिरिएको बताएका छन्। शुक्रबार बेलुकी बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको संस्थापन इतर पक्षको बैठकबाट बाहिरिने क्रममा डा कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको बताएका हुन्।
संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी रहेका नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला पनि बाहिरिएर वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउनुपर्ने उनको भनाइ छ।
‘म प्रतिस्पर्धाबाट बाहिरीसकेको छु,’ उनले भने, ‘तीनजना (पौडेल, सिंह र कोइराला) बीच सहमति हुन नसकेको हो। छलफल गरिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।