काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक बालुवाटारमा बस्ने भएको छ।
पार्टीको जारी महाधिवेशनमा आफ्नोपक्षबाट सबै पदाधिकारीका उम्मेदवार तय गर्न बैठक सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।
बैठक बालुवाटारमा ११:३० बजेपछि बस्ने जानकारी दिएको छ।
कांग्रेस महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ। बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।