काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेर देखाउनका लागि आफूले केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन लागेको बताएका छन्। संस्थापन इतर समूहबाट साझा उम्मेदवार बन्ने संभावना नरहेपछि सिंहले एक्लै उम्मेदवारी दिने घोषणा गरेका छन्।
१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा असफल भइसकेकाले अब उनलाई सभापति बनाउन नहुने भएकाले आफू सभापतिको उम्मेदवार बन्न लागेको सिंहको भनाइ छ।
‘म बोलेर होइन, गरेर देखाउने छु,’ उनले भने, ‘विगतमा को कहाँ रहँदा र पदमा रहँदा के गरेको छ भनेर लेखाजोखा गर्नुपर्छ।’ अवसर पाउँदा पनि वर्तमान नेतृत्वले केही गर्न नसकेकाले १४औं महाधिवेशनबाट पनि त्यही नेतृत्वलाई दोहोर्याउन नहुने उनको भनाइ छ।
नेता सिंहले पार्टी सभापति देउवाले पार्टीको विधानलाई वेवास्था गरेको पनि आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।