काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।
शुक्रबारबाट सुरु कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भइरहेको छ।
विहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु भएको हो।
संस्थापन इतर पक्षबाट साझा उम्मेदवार चयन गर्न असफल भएपछि सिंहले उम्मेदवारी दर्ता गरेका हुन्। उनको टिममा उपसभापति सुजाता कोइराला रहेकी छन् । उनले पनि उम्मेदवारी दर्ता गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।