काठमाडौं– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइरालाले टिमसहित उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुको समूहले भर्खरै उम्मेदवारी दर्ता गराएको हो।
उक्त समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार रहेका छन्। त्यस्तै, महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल उम्मेदवार हुनेछन्।
८ जना सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी, वकिल मियाँलाई अघि सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।