काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका शेखर कोइराला 'प्यानल' सहित वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न जाने भएका छ्न्।
जारी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका कोइराला महामन्त्री गगन थापासहित टिम लिएर पौडेल निवास बोहराटार जान लागेका हुन्।
संस्थापन इतबारबाट साझा उम्मेदवार चयन गर्न असफल भएपछि वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।