काठमाडौं– महामन्त्रीका रुपमा चर्चामा रहेका रमेश लेखक, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाणले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
नेपाली काग्रेसको १४औं महाधिवेशनमा उनीहरू तीनै जना शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको दावेदारी रुपमा रहेका थिए। सुदूरपश्चिमको दावेदारका रुपमा लेखक अघि सरेका थिए भने संगठन र देउवाको सहयोगीका रुपमा लामो समयदेखि काम गरेकाले आफूले पाउनुपर्ने दावी खाणको थियो।
पार्टी सभापति देउवाले कृष्णप्रसाद सिटौलासँग सहकार्य गर्दा उनीहरु बाहिर परेका हुन्। महामन्त्री नपाएपछि उनीहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर बाहिरिँदै गर्दा गृहमन्त्री खाणले आफूहरु पार्टीको सिपाही भएकाले सभापति जिताउन जुनसुकै पदमा पनि लड्नुपर्ने बताए। मुख्यकुरा आफ्नो प्यानलका उम्मेदवार सभापति शेरबहादुर देउवालाई जिताउनु रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।