काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएका कृष्णप्रसाद सिटौलाले बाहिर बसेर पनि कांग्रेसको राजनीति गर्न सकिने टिप्पणी गरेका छन्।
आफ्नो गुटबाट प्रदिप पौडेललाई महामन्त्री र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका उनले १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएको बताए।
‘म कांग्रेसको राजनीति बाहिर रहेर पनि गर्न सक्छु’ उनले भने ‘पदमा मात्र बसेर राजनीति गर्न सकिन्छ भन्ने होइन, सडकमा बसेर पनि राजनीतिक गर्न सकिन्छ। ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।