काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
१३औं महाधिवेशनबाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको रामचन्द्र पौडेल पक्षका नेताहरुले विभाजित हुँदै उम्मेदवारी दिएका छन्।
देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंहले संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, स्वतन्त्र रुपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
उनीहरुले सभापतिमा टक्कर दिन नसक्ने भए पनि देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन्।
पहिलो चरणमा हुने मतदानमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन: मतदान हुनेछ। दोस्रो पटक हुने मतदानमा भने शीर्ष २ जनामात्र प्रतिस्पर्धी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।