काठमाडौं- नेपाली कांग्रेसको १४औ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विनोद चौधरीले अनुभवी राजनीतिज्ञ र स्रोत व्यवस्थापकको फ्युजन नभइ देश नबन्ने बताएका छन्। सक्रिय राजनीतिमा आफू आउनुको कारण बताउँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, 'अनुभवी राजनीतिज्ञ र हामी जस्ता स्रोतको व्यवस्थापन गर्नेको फ्युजन नभइ देश बन्दैन।' विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै जाँदा परिवर्तनको उद्देश्य छ भने राजनीतिमा प्रवेश गर्नुपर्ने भन्दै आएको सल्लाह आत्मसाथ गरेको उनले बताए। आफू राजनीतिका माध्यमबाट देशमा परिवर्तन गर्न आएको बताउँदै उनले त्यही विश्वासका साथ केन्द्रीय सदस्य जिताउने उल्लेख गरे।
उनले खुला मधेशी कलस्टरमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन्। युवाकेन्द्रीत र विकास केन्द्रीत राजनीतिको विकास गर्न कांग्रेस प्रतिनिधीले साथ दिने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।