काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय समितिका सदस्यका लागि ५०९ जनाको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसमा १३४ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
जारी महाधिवेशनअन्तर्गत सोमबार भएको मनोनयनमा प्यानलगत र स्वतन्त्र रुपमा ५०९ जना प्रतिनिधिले केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीका लागि उम्मेदवारी दिएका हुन्।
पदाधिकारीमा १ जना सभापति बाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री चयन हुनेछन्। १ कोषाध्यक्ष भने केन्द्रीय सदस्य मध्येबाट १ जनालाई सभापतिको सिफारिसमा केन्द्रीय समितिले चयन गर्नेछ।
पदाधिकारीमा सभापतिका लागि ६ जना, उपसभापतिका लागि ७ जना, महामन्त्रीका लागि ५ जना र सह–महामन्त्रीका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ।
कूल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनित गर्न पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।