काठमाडौं– नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत विभिन्न पदका आंकाक्षी उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्।
शनिबार दिनभर रहेको उम्मेदवारी दर्ताको समयमा ६ जना सभापतिसहित सबै पदमा उम्मेदवारी दर्ता भएको छ। महाधिवेशनको केन्द्रीय निर्वाचन समितिले शनिबार राति नै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ।
मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज(आइतबार) ११ बजेभित्र मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ।
मनोनयन पत्र फिर्ता लिने समय समाप्त भएपछि आजै मध्यान्ह सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका निर्वाचन समितिको छ।
मतदान भने भोलि (सोमबार) बिहान ८ बजेदेखि सुरु हुनेछ। मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा मतदान स्थल तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।