काठमाडौं– नेपाली कांग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट दलित कोटामा उम्मेदावरी दिएका विश्वकर्माले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेवारी फिर्ता लिएको जानकारी गराएका हुन्।
मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज(आइतबार) ११ बजेभित्र मनोनयन दर्ता फिर्ता लिन सक्ने कार्यतालिका अनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
शनिबार दिनभर रहेको उम्मेदवारी दर्ताको समयमा ६ जना सभापतिसहित सबै पदमा उम्मेदवारी दर्ता भएको छ। महाधिवेशनको केन्द्रीय निर्वाचन समितिले शनिबार राति नै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।