काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महेन्द्र पुलिस क्लबमा मतदानस्थल नराखिने भएको छ।
यसअघि एउटा मतदानस्थल पुलिस क्लबमा राख्ने तय गरिएको थियो। तर, भृकुटीमण्डपमा नै स्थान पुग्ने भएकाले प्रहरीले पुलिस क्लबमा मतदानस्थल नराखिने भएको हो।
अब भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभागृहभित्र एउटा मतदानस्थल बनाइने भएको छ। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको कांग्रेसले भोलि मतदानको मिति तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।