फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसकौ चौधौं महाधिवशेनमा सभापतिका उम्मेदवार बनेका शेखर कोइरालाले आफूहरुले गतिशील र ऊर्जाशील नेपाली कांग्रेस बनाउने बताएका छन्। मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन गर्दै उनले नयाँ कांग्रेस बनाउने प्रतिबद्धता व्यक्त गरे।
‘भोलि हुने निर्वाचनमा तपाईंहरुले कुनै बागबण्डामा नलागी नेपाली कांग्रेसलाई अगाडि बढाउन आफ्नो अन्तरआत्मलाई सम्झिएर, नेपाली कांग्रेसको इतिसहालाई सम्झिएर हामीलाई विजय बनाउनुहुन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने।
कोइरालाले सभापति शेरबहादुर देउवाले आफूहरुको मन निराश बनाइदिएको बताए। ‘उहाँले म हारेँ भने यो गठबन्धन सरकार हट्छ भन्नुभयो। म प्रण गर्न चाहन्छु, पार्टीको नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ। त्यसपछि गठबन्धनलाई सुदृढ र संगठित बनाएर निर्वाचनमा होमिन्छौं। यो सरकारलाई अझ मजबुत बनाउने प्रयास हाम्रो नेतृत्वले गर्छ,’ उनले भने।
उनले विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रित हुने बताए। ‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं,’ उनले भने, ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ। हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।