काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहले आफ्नो पक्षको टिमको नाम सार्वजनिक गरेको छ। पदाधिकारीमा टिमसहित उम्मेदवारी दर्ता गराएका उनीहरुले खुला तथा समावेशी समूहअन्तर्गत आफ्नो समुह बनाएका छन्।
उक्त समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार रहेका छन् भने त्यस्तै, महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल उम्मेदवार रहेका छन्।
८ जना सहमहामन्त्रीका लागि देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी, वकिल मियाँलाई अघि सारिएको छ।
यस्तो छ कोइरला प्यानलको टिम







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।