काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन्। भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए।
राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाईसघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नैरहेको बताएका थिए।
भेटका अवसरमा पौडेलले संस्थापनइतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए। सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो।
सभापतिको उम्मेदवारीको विषयमा एकमत हुन नसकेपछि महाधिवेशन प्रक्रियाबाटै अलग रहने घोषणा गरेका पौडेलले मतदान गर्न नजाने बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।