तस्बिर : निमेषजंग राई/नेपाल लाइभ। काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा रहेको मतदानस्थलमा प्रवेश गर्न नदिएपछि फोटो पत्रकारहरू विरोधमा उत्रिएका छन्।
उनीहरू सभागृहभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो। पत्रकारहरूले सभागृह अगाडि रहेको सडकमा क्यामरा डाउन गरेर विरोध जनाइरहेका छन्।
प्रहरीले फोटो पत्रकारलाई हटाउन बल प्रयोग गरेपछि निर्वाचन समितिले माफी माग्नुपर्ने उनीहरूको माग छ।
कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मतपत्र छपाईमा भएको ढिलाइले केहीबेर अघि मात्र सुरु भएको छ।
कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।