काठमाडौं- कांग्रेसका निवर्तमान महामन्त्री डा शशांक कोइरालालाई कांग्रेस सभापतिका तीन उम्मेदवारले आफ्नो प्यानलमा राखेर प्रचार गरेका छन्।
मतदानस्थल भृकुटीमण्डप क्षेत्रमा बाँडिएका सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा, शेखर कोइराला र विमलेन्द्र निधिको 'प्यानल लिस्ट' मा शशांक कोइराला साझा उम्मेदवार भएको देखिन्छ।
शशांकले केन्द्रीय सदस्य (खुला) तर्फबाट उम्मेदवारी दिएका छन्। उनले सभापतिमा शेखर कोइरालालाई सघाउने सार्वजनिक रुपमै भनिसकेका छन्। तर, उनी मुख्य तीन प्यानलका साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिएका हुन्।
शशांकको नाम मतपत्रको सूचीमा ८१ औं नम्बरमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।