काठमाडौं- नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारले शेरबहादुर देउवा पहिलो चरणको निर्वाचनबाटै सभापतिमा दोहोरिने बताएका छन्।
सोमबार मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने- 'नेपाली कांग्रेसको सभापति दोस्रो पटक अहिलेकै सभापति शेरबहादुर देउवा नै बन्नुहुन्छ। पहिलो चरणमै उहाँ सभापति बन्नुहुन्छ।'
उनले मत नै देउवा निर्वाचित हुने आधार भएको बताए। '७७ वटै जिल्लामा जसरी प्रतिनिधि चयन भएका छन्, त्यसको आधारमा म एकिनका साथ भन्छु, पहिलो चरणमै उहाँ सभापति बन्नुहुन्छ', उनले भने।
गच्छदार देउवाकै प्यानलबाट उपसभापतिको उम्मेदवार भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।