मतदान गर्दै सभापति शेरबहादुर देउवा। तस्बिर : निमेषजंग राई/नेपाल लाइभ। काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा हालसम्म ६०० जनाले मतदान गरेका छन्।
निर्वाचन समितिका सदस्य तेजबहादुर रावलका अनुसार ४ हजार ७४३ प्रतिनिधि (मतदाता) मध्ये दिउँसो झण्डै साढे २ बजेसम्म ६०० जनाले मतदान गरेका हुन्।
बिहान ८ बजेदेखि नै मतदान गर्ने भनिएपनि मतपत्र छपाइमा भएको ढिलाइले दिउँसो १२ बजेदेखि मात्र मतदान सुरु भएको थियो।
कांग्रेसको भावी नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।
यस्तै, महामन्त्रीका लागि गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।