काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज (सोमबार) नै सुरु गरिने भएको छ।
कांग्रेसको निर्वाचत समितिले मतदान सकिएलगत्तै मतगणना गर्ने गरी तयारी गरिएको जानकारी दिएको छ।
निर्वाचत समितिका सदस्य तेज रावलका अनुसार कम्तीमा पनि ८ स्थानमा सभापतिको मतगणना हुनेछ।
'मतदान सकिएपछि आजै मतगणना सुरु गर्ने गरी तयारी अवस्थामा छौं,' रावलले भने, 'कम्तीमा ८ स्थानमा सभापतिको मतगणना हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।